
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले अर्थमन्त्रीको आपराधिक हर्कतमा गर्भनर सहयोगी नबनेको झोंकमा गर्भनर महाप्रसाद अधिकारीलाई एमाले भन्दै ‘डिसइन्फरमेसन’ गरेको आरोप लगाएका छन् ।
रिमालले एमालेका अर्का नेता घनश्याम भुसालको फेसबुक स्टाटस सेयर गर्दै लेखेका छन्, ‘गठबन्धन झुठो पर्सेप्सन क्रियट गर्न माहिर छ । बहिर्गमित अर्थमन्त्रीको नेतृत्वमा भएको अर्थतन्त्रमाथिको आपराधिक हर्कतमा गभर्नर सहयोगी नबनेको झोंक रहेछ भन्ने त आजको संसद्मा नेका–माकेहरूको प्रस्तुतिबाट प्रष्ट भएको छ ।’
त्यसमाथि ‘गभर्नर एमाले’ भन्ने डिसइन्फरमेसन प्रवाह गरी अदालतलाई प्रभावित गर्ने रणनीति स्पष्ट बुझिने उनले बताएका छन् ।
उनले प्रश्न गर्दै भनेका छन्, ‘अन्यथा सम्बन्धित व्यक्तिले नै म त्यो हैन भन्दै हुनुहुन्छ, सिफारिस गर्ने र निर्णय गर्ने आधिकारिक व्यक्तिहरू त्यो उहाँ हैन भनिरहनु भएको छ भने यो याँ–उँ किन ?’