• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पार्टीको सबै जिम्मेवारीबाट अलग भइन् रेणु कुमारी यादव

काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् ।

उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् ।

यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु ।’

यादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री थिइन् । पार्टीले नयाँ मन्त्री पठाएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।