घट्याे सुनचाँदीकाे भाउ, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार ८०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँले घट्दै आज एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१