
काठमाडाैं । नेपालमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परिक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन् ।
हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।