
काठमाडाैं । प्रतिनिधिसभाको बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक साउन ४ गते बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल नागरिकता संशोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफल समाप्त भएको छ ।
यस्तै, आजै बसेको दोश्रो बैठकले प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।