
काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपूरले आफ्नो ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेका कारण ब्रेकअप गरेकी खुलासा गरेकी छन् ।
अभिनेत्री जाह्नवीले ‘कफी विद करण–सिजन ७’को दोस्रो एपिसोडमा यस्तो खुलासा गरेकी हुन् ।
करण जोहरको यस एपिसोडमा अभिनेत्री जाह्नवीसँग अर्की अभिनेत्री सारा अली खान पनि थिइन् । उनले ‘चिकन सलाद’ अर्डर नगरेकै कारण आफ्नो ब्वाइफ्रेण्डसँग ब्रेकअप गरेको बताइरहँदा सारा र करण जोहर भने निकै आश्चर्य चकित बनेका थिए ।
उनले भनिन् ‘रिलेशन पनि तोडेकी थिएँ तर ६ घण्टापछि पुनः प्याचअप भएको थियो ।’