
काठमाडौं । जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्षले डा.बाबुराम भट्टराईसहितका नौ जना नेतलाई हटाएको छ ।
यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्षबाट भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको एक नेताले जानकारी दिए ।
निष्कासनमा परेका नेतामा गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।
बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरिसकेको छ ।
२०७७ वैशाख ११ मा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भएर जसपा नेपाल बनेको थियो ।