बर्दियामा ६ वर्षीया बालिका बलात्कृत

बर्दिया । बर्दियामा एक जना ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडी लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१