माेदीसँगकाे वार्ता रद्द भयाे, तर मलाई टेन्सन छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा अन्तिम समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट रद्द भएको बताएका छन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग प्रचण्डले मोदीसँग भेट नभए पनि आफू तनावमा नरहेको स्पष्ट पारे ।

उनले भने ‘हामीलाई त भेट हुन्छ नै भनिएको थियो । १ बजे भेट्ने कुरा थियो । १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो ।’

किन सम्भव नभएको भन्ने आफूलाई थाहा नभएको प्रचण्डले बताए । उनले थपे, ‘तर मलाई टेन्सन छैन । विजेपीको लिडरसिप सबैसँग भेट भयो । मोदीसँग पनि भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला । अरु त के हुन्थ्यो होला र ?’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१