
काठमाडाैं । सुनको मूल्य बढेको छ । आइतरबारको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतरबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ९४ हजार प्रतितोला पुगेको हो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य समेत वृद्धि भएको छ। आइतबार प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार १ सय ६५ रुपैयाँ पुगेको हो।