• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनकाे मूल्य बढ्यो, कतिमा भइरहेको छ काराेबार ?

काठमाडाैं । सुनको मूल्य बढेको छ । आइतरबारको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतरबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ९४ हजार प्रतितोला पुगेको हो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य समेत वृद्धि भएको छ। आइतबार प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार १ सय ६५ रुपैयाँ पुगेको हो।