
काठमाडाैं । नेपालमा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ८ सय ५७ पिसिआर परीक्षणका क्रममा २ सय ६८ जना र १ हजार ५ सय एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन ।
त्यस्तै, थप ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १ सय २६ जना निको भएका छन् । हाल नेपालमा १ हजार ९ सय ८२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।