फेरि छलफलमा जुटे तत्कालीन नेकपाका ५ नेता

काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम पनि बैठकमा सहभागी छन् ।

हालको सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने अभ्यासमा नेताहरु जुटेका छन् ।

मंगलबार नै माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुराम भट्टराईबीच भेट पनि भएको थियो । उक्त भेटमा पनि समाजवादी केन्द्र बनाएर चुनावमा जानेबारे छलफल भएकाे बताइएकाे छ ।

-फाइल तस्बिर ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१