
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
क्रिकेट क्यानडाले दासानायके मुख्य प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको हाे । बुधबार नै पुबुदुले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएको जानकारी दिएका थिए ।
पुबदुले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र पठाएका थिए । उनले व्यक्तिगत कारणले टिम छाडेको राजीनामामा उल्लेख गरेका थिए । एक साताअघि राजीनामा दिए पनि उनले बुधबार मात्र पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएका हुन् ।
उनले व्यक्तिगत कारण राजीनामा दिएकाे भनेको केही घण्टा नबित्दै क्रिकेट क्यानडाले उनी आफ्नो मुख्य प्रशिक्षक नियुक्त भएको जानकारी दिएको हो ।
पछिल्लो पटक अमेरिका, क्यानडा र स्कटल्यान्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्न सकेको थिएन । त्यसअघि क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गत अमेरिका भ्रमणमा पनि नेपालले गतिलो प्रदर्शन गरेको थिएन ।
याे पनि पढ्नुहाेस् ।
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट दासानायकेले दिए राजीनामा