• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भीम रावलमाथि रंगमती शाहीको ब्यङ्ग्य : पीएचडी गरेको प्रमाणपत्रको अपमान हुने भयाे

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले सभामुख अग्नि सापकोटाको आसन नै कब्जा हुने त हैन भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले संसद जनताको आवाजको थलो भएको बताउँदै जनताको आवाज संसदमा नबोले कहाँ बोल्ने भन्दै प्रश्न गरिन् ।

उनले भनिन्– ‘प्रतिनिधिसभा नियमावली नियम २३ मा सभामुखको आदेश सांसदले पालना गर्नुपर्नेछ भनेर उल्लेख गरिएको छ । माननीय ज्युले आफैंले बनाएको नियमावली पढाउन स्कूल पठाउने हो भने पीएचडी गरेको प्रमाणपत्रको अपमान हुने भयो सभामुख महोदय ।’

उनले सभामुखको आसन नै कब्जा हुने हो कि भनेर चिन्ता बढेर गएको बताइन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि ७ मिनेट समय पाएका सांसद भीम रावलले झण्डै २० मिनेट संसदको रोष्टम कब्जा गरेका थिए ।