
काठमाडाैं । तेलुगु फिल्मका निर्माताले अगस्ट १ अर्थात् साउन १६ गतेदेखि सबै फिल्मको छायांकन रोक्ने निर्णय गरेका छन् ।
फिल्म निर्माणको खर्च धान्न नसकेका कारण तेलुगु फिल्म निर्माता संघले तत्काल फिल्मको छायांकन रोक्ने निर्णय गरेको हो ।
‘कोरोना महामारीपछि फिल्म बनाउने खर्च र कर बढेको छ। यस विषयमा निर्माताहरू बसेर छलफल गर्ने आवश्यक छ । आफ्नो फिल्म क्षेत्र र सिस्टम बलियो बनाउने हाम्रै जिम्मेवारी हो । यी सबै कुराको सुनिश्चित भएपछि मात्रै फिल्मको छायांकन सुरू हुनेछ । यसको लागि गिल्डको सबै निर्माता मिलेर १ अगष्ट २०२२ देखि छायांकन रोक्ने निर्णय गरिएका छौं । व्यवसायिक समाधान नभएसम्म फिल्मको छायांकन बन्द हुनेछ’ संघले निकालेकाे विज्ञप्तीमा उल्लेख छ ।
कोरोना महामारीपछि ‘आरआरआर’ र ‘पुष्पा’ हिट भए । तर महामारीपछि फिल्मको टिकट दर बढेको कारण अन्य फिल्म हेर्न दर्शक नआएको निर्माताहरूको गुनासो छ ।