थप ५६४ जनामा कोरोना संक्रमण, एक जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार हजार ४५४ वटा नमुना परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६० पुगेको छ ।

२०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१