
काठमाडाैं । ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयबासीले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन् ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो ।
समितिका संयोजक श्रीराम ढुंगाना र उप-संयोजक सनत उप्रेतीले ८ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उक्त घोषणाबारे जानकारी दिएका हुन् ।
संवेदनशील क्षेत्रमा बसोबास गरिरहेको बस्तीका मानिसहरुलाई चाँडोभन्दा चाँडो नसारे सधैँका लागि फोहोर लान नदिने चेतावनी समितिले दिएको हो ।