
काठमाडाैं । शुक्रबार बिहान पोखराबाट ४५ यात्रु बोकेर काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरेको छ ।
८ : ५४ मा उडेको एटीआर ७२ जहाजको इन्जिनमा समस्या आएपछि ९ बजे पोखरा विमानस्थल फर्किएर आकस्मिक अवतरण गरेको पोखरा विमानस्थल कार्यालयले जनाएकाे हाे ।
विमान सामान्य अवस्थामै अवतरण गरेको कार्यालयले जनाएकाे छ । विमानमा समस्या हुँदा नजिकको विमानस्थलमा त्यो जहाजलाई प्राथमिकतामा राखेर अवतरण गराइने गरिन्छ ।
-फाइल तस्बिर ।