
काठमाडाैं । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।
बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि तोलामा ८ सय रुपैयाँले नै बढेर ९५ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार तोलामा ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, शुक्रबार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।