भारतमा बिजुली बेचेर प्राधिकरणले कमायाे दुई महिनामा साढे तीन अर्ब

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत बेचेर साढे तीन अर्ब कमाएको छ ।

प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङका अनुसार झण्डै दुई महिनाको अवधिमा विद्युत विक्री गरेर प्राधिकरणले खुद नाफा ३.५ अर्ब गरेको हो ।

सबै खर्च कटाएर उक्त नाफा भएको कुलामान घिसिङले जनाएका छन् ।

गत वर्षको लक्ष्मी पूजाको दिनदेखि ३९ मेगावाट बिजुली भारत पठाएर व्यापार सुरु गरेको प्राधिकरणले गत जेठ १९ अर्थात् जुन २ तारिखदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको हो ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि आईईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आईईएक्समा बिक्री गरिएको थियो ।

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत् प्राधिकरणले थप चार जलविद्युतगृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१