महिला साफ : नेपालको समूहमा भुटान र श्रीलंका

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सहज समूहमा परेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गर्दा नेपाल समूह बी मा रहेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् ।

यस्तै, समूह ए मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

२१ भदौदेखि ३ असोजमा दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागिता रहनेछ ।

साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१