
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पाँच हजार ९०९ वटा नमुना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको हाे ।
काेराेना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नेपालमा कोराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ ।
यही अवधिमा २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार ९४३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।