
काठमाडाैं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान नजिक व्यापक सैन्य अभ्यास थालेको छ ।
अभ्यासमा चिनियाँ सेनाले हाइपरसोनिक डीएफ–१७ क्षेप्यास्त्र पनि परीक्षण गर्ने चीन सरकारको मुखपत्र ग्लोबल टाइम्स उल्लेख गरेकाे छ ।
अभ्यासमा नाकाबन्दी, सामुद्रिक आक्रमण तथा स्थल र वायु भिडन्तको तालिमसमेत पर्ने बताइएकाे छ । चीनका जे–२० स्टेल्थ लडाकू विमान पनि युद्ध अभ्यासमा संलग्न छ ।
चिनियाँ सैनिकहरू ताइवानको १२ नटिकल माइल क्षेत्रमा प्रवेश गर्ने अपेक्षा रहेको र त्यसलाई पूरै घेर्न सक्ने चिनियाँ सैन्यविद्हरूकाे दाबी छ ।
अभ्यासका क्रममा ६ वटा विशाल जलक्षेत्र तथा ती माथिको हवाईक्षेत्रमा लाइभ फायर गरिने छ ।