चीनकाे सैन्य अभ्यासका कारण ताइवानमा हुने उडान धमाधम रद्द

काठमाडाैं । चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने र ताइवानका लागि हुने उडान रद्द भएका छन् । सैन्य अभ्यासका कारण बिहीवार ५० भन्दा धेरै उडान रद्द गरिएको ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

ताइवान जाने २६ र ताइवानबाट प्रस्थान गर्ने २५ वटाभन्दा धेरै उडान रद्द भएका छन् । कोरियन र एसियाना एअरलाइन्सले अर्को सूचना जारी नभएसम्मका लागि ताइवानमा हुने उडान रद्द गरेका छन् ।

चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । उसले कैयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ भने अत्याधुनिक हतियार र उपकरणको पनि प्रयोग भएको छ ।

चीनको कडा विरोध र चेतावनीकै बीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले गएकाे मङ्गलवार र बुधवार ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१