देशभर थपिए ९१२ कोरोना संक्रमित, एकको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९१२ जनामा संक्रमण पुष्टि भएको हो।

६ हजार ४९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

दुई हजार ९४१ जनाको पिसिआर र तीन हजार ५५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर ५७६० जना सक्रिय संक्रमित छन् ।

३७० जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१