चट्याङ लागेर तीन गोरु र दुई गाई मरे

उदयपुर । चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन् ।

शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको तीन वटा गोरु र दुई वटा गाई मरेका हुन् । गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए ।

चट्याङबाट कार्कीको दुई लाखको क्षति भएको प्रहरी मुचुल्का तयार पारिएको छ । मरेका गाईगोरु खाल्डो खनेर पुरिएको छ । घरभन्दा करिब एक किलोमिटर दूरीमा राखिएको गोठमा चट्याङ परेको हो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१