काठमाडाैं । सेयर बजार परिसूचक नेप्से साेमबार १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६ दशमलव १६ विन्दुमा झरेको छ ।
साेमबार उत्पादन र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक अन्य र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।
नेप्से ओरालाे लागेपछि कारोबार रकममा पनि कमी आएको छ । दुई सय १४ वटा कम्पनीकाे ६५ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ ।
साेमबार सबैभन्दा धेरै सिमेन्ट्सको २० करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
साेमबार जानकी फाइनान्सको शेयर चार प्रतिशतभन्दा धेरै तथा साम्लिङ पावर, एसियन लाइफ इन्सुरेन्स, कर्णाली विकास बैंक, माउन्टेन हाइड्रो नेपाल र युनाइटेड मोदी हाइड्राेको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटे पनि गुराँस लघुवित्त र हिमालयन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।