• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नागरिकतामा अपमानजनक नाम भए सच्याउन पाइन्छ : गृह मन्त्रालय

काठमाडाैं । गृह मन्त्रालयले नागरिकतामा व्यक्तिको अपमानजनक नाम र थर उल्लेख हुने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सम्बन्धित व्यक्तिले सच्याउन पाउने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

उनले त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् ।

विभिन्न जिल्लाहरूबाट जारी भएका नागरिकतामा अपमानजनक शब्द राखी जारी भएकोप्रति समेत गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।