
हङकङ । हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ ।
गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन् ।
तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट ५ मा संसारबाटै बिदा लिइन् ।
‘उडानको बाँकी ८ घण्टा हेलेन चीर निन्द्रामा रहिन् । उक्त क्षण परिवारको लागि अत्यन्तै पीडादायी थियाे’, गो फन्ड मी पृष्ठमा लेखिएको छ ।
उनका छोराछोरीहरू विमान अवतरण नहुन्जेल बाँकी समय आफ्नी आमाको छेउमा बसेका थिए, जुन परिवारका लागि निकै पीडादायी क्षण थियो ।