• २०८३ जेठ २२
  • 2026 June 05, Friday

बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी

काठमाडाैं । काठमाडौंको बालाजु बाइपासस्थित एक कारखानामा आगलागी भएको छ ।

बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएकाे छ ।

काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको छ । आगो के-कसरी लागेको हो भन्ने खुलिसकेको छैन ।