
काठमाडाैं । देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटवाया राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षे बिहीबार नै सिंगापुरबाट थाइल्यान्डको राजधानी बैंकक पुग्ने तयारीमा छन् ।
थाइल्यान्डमा राजापाक्षेले राजनीतिक शरण माग्ने नभइ केही दिन मात्र बस्ने जनाइएको छ । राजापाक्षेसँग अहिले पनि कूटनीतिक पासपोर्ट भएकाले उनी ९० दिनसम्म बस्न थाइल्यान्डमा बस्न सक्ने छन् ।
आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा राजापाक्षेविरूद्ध विशाल प्रदर्शन भएका थिए । प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जा गर्नु केही समयअघि राजापाक्षे त्यहाँबाट बाहिरएका थिए ।
जुलाई १४ मा माल्दिभ्स हुँदा सिंगापुर पुगेका राजापाक्षेले उतैबाट राजीनामा दिएका थिए ।