छाेरी बनाएर पाल्छु भनी लगेर पटक-पटक बलात्कार, बालिकाले मुसा मार्ने विष खाएपछि खुल्याे रहस्य

जुम्ला । १३ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेकाे आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले प्रकाउ गरेकाे छ ।

महतलाई चन्दननाथ नगरपालिका–५ जुगाडखोलाबाट शनिबार नै प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

पीडित बालिकाकी आमाले पनि महतविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएकी छन् । आरोपित महतले पटक-पटक बालिका बलात्कार गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ ।

आरोपित महतले बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्नेगरी सहमतिमै वैशाख ०७९ मा लगेका थिए ।

आमाले जुम्लामा दोस्रो बिहे गरेकाले बालिका जाजरकोटकाे कुशे गाउँपालिकाबाट जुम्ला आएकी थिइन् । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने अर्की एक महिलासँगको कुराकानीपछि बालिकालाई महतले लगेका थिए ।

पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक बलात्कार गरेका थिए । महतले बलात्कार गरेको कुरा अरूसँग नभन्न र धम्की दिन गर्थे ।

छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई बलात्कार गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने विष खाएकी थिइन् ।

उनले विष सेवन गरेपछि घटना सार्वजनिक भएकाे थियाे । घटना मिलाउन आराेपी महतले बालिकाकाे बैंक खातामा सात लाख रुपैयाँ राखिदिएकाे बताइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१