तरुण दलले माग्याे राष्ट्रपति भण्डारीकाे राजीनामा

काठमाडाैं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतबार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा तरुण दलले राष्ट्रपतिको राजीनामा माग गरेको हो ।

सोमबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भइ प्रमाणीकरणका लागि पठाइएको विधेयक विभिन्न अराजनीतिक बाहना र प्रपञ्च देखाइ प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको बताएका छन् ।

तरुण दलले राष्ट्रपतिको यो कार्यलाई नागरिकताविहीन नेपाली जनतामाथिको अपमानको संज्ञा दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१