
काठमाडाैं । पूर्वमन्त्री हेमराज राई १० वर्षपछि फेरि एमालेमै फर्किएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट दुई साताअघि राजीनामा दिएका राईसहितका नेताहरु बुधबार एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रवेश गराएका हुन् ।
राईसहित जसपा केन्द्रीय सदस्यहरु शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर ब. सार्की पार्टी प्रवेश गरेका हुन् ।
त्यस्तै, १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु पार्टी प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयले बताएको छ ।