
काठमाडौ । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
गोकुलेश्वरबाट सदरमुकाम खंलगाका लागी छुटेको से १ ज–५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका ६ उल्लानीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृत्यु हुनेहरुमा चार जना पुरुष र एक महिला रहेका छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
यस्तै, दुर्घटनामा चालक सहित अन्य ५ जना घाईते भएका छन् । उनीहरुलाई उपचारका लागी गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले बताएको छ । जीप सडकबाट करिब सय मिटर तल खसेको छ । मगंलवार दिउँसो ४ बजेतिर जीप दुर्घटनामा परेको हो ।