• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको भाउ सामान्य घट्यो, कति छ बजार भाउ ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।