
काठमाडौं । मकवानपुरको मकवानपुरगढी र आसपासमा भारी वर्षा भएको छ ।
पछिल्लो तीन घण्टामा मकवानपुरगढी क्षेत्रमा अति भारी वर्षा मापन भएको बाढी पूर्वानुमान विभागले जनाएको छ ।
भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका ससाना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।