सुनचाँदीकाे मूल्य घट्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनको चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको १० रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ जहार ५ सय र तेजावी सुन ९५ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ९ सय र तेजावी सुन ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१