• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

थप २ सय ८६ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परिक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै, थप ४ सय ७९ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।