• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नर्भिककाे मुद्दामा सर्वाेच्चलाई बालेनकाे व्यंग्य : अल्पकालीन आदेशकाे पेसी बुढाे भएपछि चढाउने ?

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहले सर्वाेच्च अदालतप्रति कटाक्ष गरेका छन् । नर्भिक अस्पतालकाे संरचना नहटाउन सर्वाेच्चले अल्पकालिन आदेश जारी गरेकाे थियाे । उक्त आदेशप्रति उनले कटाक्ष गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘नर्भिककाे पेसी पर्खदै’ क्याप्सनमा आफू बुढाे भएकाे तस्बिर राखेर उनले लेखेका छन् ‘अल्पकालिन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ।’

यसअघि पनि मेयर साहले नर्भिक अस्पतालकाे संरचना नहटाउन अल्पकालीन आदेश जारी गरेपछ व्यंग्यात्मक शैलीमा अदालतप्रति कटाक्ष गरेका थिए । त्यतिबेला उनले नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने जिम्मा सर्वाेच्चलाई नै दिउँ भन्ने प्रस्ताव गरेका थिए । उनले भनेका थिए, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’