• २०८३ जेठ २२
  • 2026 June 05, Friday

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ ।

नागरिकता विधेयक, सत्यनिरुपण बिद्येयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा र ओली बीच भेटवार्ता भएको हो ।