• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं मलको अनधिकृत संरचना महानगरले डोजर लगाएर हटायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साह बालेनको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका छन् ।

जसले गर्दा भूमिगत पार्किङमा समस्या परेको छ ।