
काठमाडाैं । निर्माता एवम् अभिनेता दीपकराज गिरीले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहकाे अनधिकृत संरचना हटाउने अभियानलाई साथ दिएका छन् ।
आज बुधवार सामाजिक सञ्जालमार्फत गिरिले भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरलाई छुनसमेत नसक्ने मेयरहरूले बालेन्द्र र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट सिक्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, बालेन जे गर्दैछन्, बाबुरामले जे गरे, भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरूलाई छुनसमेत नसक्ने मेयरहरूले केही सिक्छन् कि ?
अहिले काठमाडाैंका मेयरले अनधिकृत संरचना हटाउने कामलाई अभियानकै रूपमा सुरु गरेका छन् ।
साेमबार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको छ ।
यस्तै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडाैंकाे सडक विस्तार भएकाे थियाे ।