सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१