• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दशैँ तिहारलक्षित सेन्साईकाे याेजना : सामान किन्नुहाेस्, उपहार जित्नुहाेस्

काठमाडाैं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैँ तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा ‘लक्की ड्रमार्फत दुई भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, तीन भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् भने बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र नि:शुल्क डेलिभरी पनि प्रदान गर्नेछ ।

सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफूलाई लक्की ड्रमा सहभागी गराउन SENSEI टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ ।

कम्पनीले यो योजना भाद्र ९,२०७९ देखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेको छ ।