केन्याविरुद्धको दोस्रो टी-२० खेलमा नेपाल पराजित

काठमाडौं । केन्या विरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ । नेपाल १८ रनले पराजित भएकाे हाे ।

शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो ।

पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १-१ को बराबरी गरेको छ ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०-२० र पवन सर्राफले १९ रन बनाए । अन्य खेलाडीले भने राम्राे प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि ब्याटिङ गरेको गरेको केन्याले ९ विकेट गुमाएर १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१