• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यी हुन् काठमाडाैंकाे १० वटै क्षेत्रमा सिफारिसमा परेका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

सिफारिसमा परेका उम्मेदवारहरुमा काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई छन् ।

क्षेत्र नम्बर २ मा मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस भएको छ ।

यसैगरी क्षेत्र नम्बर ४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

काठमाडौं–७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस भएको छ ।

काठमाडौं ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।

एमालेले काठमाडौं १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस गरेकाे छ ।