ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट’ योजना सार्वजनिक

काठमाडाैं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो नयाँ बर्षलाई लक्षित गरी “डबल डिलाइट” नामक योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टि.भी, १ भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहार स्वरुप ४ भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ ।

र स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरराष्ट्रिय ब्रान्ड्को पर्फ्युम नि:शुल्क प्राप्त गर्न सक्नेछ भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) नि:शुल्क प्राप्त गर्न सक्नेछ र गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरिय किचेन एप्रोन नि:शुल्क प्राप्त गर्न सक्नेछ। ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।

ग्राहकहरुले यो योजनाको लाभ भाद्र १६ गतेदेखि सीमित अवधिका लागि नेपाल भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।

ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१