कैलाली ५ मा कांग्रेसबाट आरजु राणा उम्मेदवार

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट डा. आरजु राणा देउवा उम्मेदवार बन्ने भएकी छन् ।

कांग्रेसको प्रदेश सभा क्षेत्रीय समितिले राणालाई प्रतिनिधि सभाको सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेर उनको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (१) र (२) क्षेत्रीय कार्यसमितिहरूले आरजुलाई सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउनुपर्ने भन्दै एकल नाम सिफारिस गरेर पठाएको कैलाली–५ का सभापति भीम पडालले बताए ।

उनका अनुसार यसबारे थप निर्णय गर्न बिहीबारका लागि क्षेत्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार बनेकी थिइन् ।

त्यसबेला उनी वाम गठबन्धनबाट उम्मेदवार एमालेका नारदमुनि रानासँग ४ हजार ८८० मतान्तरले हारिन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१