एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग ‘सिते बा’ भिड्न तयार

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चर्चित टेलिसिरियल ‘सक्किगो नि’ का कलाकार मधुसुदन पाठक ‘सिते बा’ भिड्ने भएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार आयोजित एक कार्यक्रमबीच ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणाका क्रममा पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने बताएका हुन् ।

एमालेले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि वरिष्ठ उपाध्यक्ष पोखरेलको नाम सिफारिस गरिसकेको छ ।

बुधबार बसेको काठमाडौंका १० वटै क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष पोखरेलको एकल नाम सिफारिस गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१